
काठमाडौँ । दक्षिण मेक्सिकोमा बस र ट्रक आपसमा ठोक्किँदा ४१ जनाको मृत्यु भएको छ।
टाबास्को राज्य सरकारका अनुसार बसमा ४८ जना यात्रु सवार थिए। दुर्घटनामा बसमा रहेका ४० जना यात्रु र ट्रक चालकको ज्यान गएको छ।
ठक्करपछि बसमा आगलागी भएको र त्यसपछि बस पूर्णरुपमा जलेको रायटर्सले जनाएको छ। मृत्यु भएकाहरूको सनाखतको प्रक्रिया जारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
टाबास्को राज्य सरकारले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
