पोखरा महानगर देशमै उत्कृष्ट, पायो ९३.५ प्रतिशत अंक

267
0
Share:

पोखरा। पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट बन्न सफल भएको छ।

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा पोखरा उत्कृष्ट बन्न सफल भएको हो।

९३.५ प्रतिशत अंकसहित पोखरा पहिलो भएको हो। काठमाडौं महानगरपालिका ८२.७५ प्रतिशत अंक सहित दोस्रो स्थानमा छ।

महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीको प्रयासले सफलता हासिल गरेको पोखराका मेयर धनराज आचार्यले बताए। उनले कर्मचारी, नागरिक तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन्।

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: