
पोखरा। कास्कीको माछापुच्छ्रे गाँउपालिका- ७ बाट एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। स्थानीय ७२ वर्षका आइत गुरुङलाई भरुवा बन्दुक र गाँजासहित शनिबार अपरान्ह्र १२ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले गुरुङको घरकोठा खानतलासी गर्दा उनी सुत्ने कोठाभित्र अवैध रुपमा राखिएको एकनाले भरुवा बन्दुक एकथान, सोही बन्दुकमा लाग्ने बारुद जस्तो देखिने कालो पदार्थ ३५० ग्राम र लागू औषध गाँजा १ किलो ५०० ग्राम समेत फेला परी बरामद गरेको छ।
गुरुङले लागूऔषध गाँजा सञ्चय तथा विक्री वितरण गर्नुका साथै हातहतियार (बन्दुक) राखि वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्यसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो।
पक्राउ गरेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना र लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ।
२०८१।११।०४ गते भरुवा बन्दुक सहित १ जना पक्राउ
