पोखरा- २८ को रास्वपा सभापतिमा विकल पौडेल चयन

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरा- २८ कालिकास्थानमा हालै सम्पन्न भेलाले वडा समिति गठन गरेको छ। स‍ो समितिको सभापतिमा शिक्षासेवी विकल पौडेल चयन भएका छन् भने उपसभापतिमा राधा भण्डारी र सचिवमा केदारनाथ त्रिपाठी चयन भएका छन्।

साथै सदस्यहरूमा सिताराम तिवारी, पुष्पराज अधिकारी, दिनेश विक र गुरुप्रसाद अधिकारी चयन भएका छन्। सो भेलालाई रास्वपा सांसदहरू हरि ढकाल, शिव नेपाली र गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीले सम्बोधन गरेका थिए। साथै रास्वपा सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य उत्तम पौडेल, खेलकुद विभागका केन्द्रीय सदस्य हरिश्वर पोखरेल, कास्की जिल्ला उपसभापति राजु राई, पोखरा महानगर सभापति नारायण आचार्य, निर्वाचन क्षेत्र नं. १ समितिका निवर्तमान सदस्य सुजन बस्ताकोटी, वडा नं. २६ का सभापति बैकुण्ठ बराल र स्थानीय अगुवा राधा भण्डारी लगायतले मन्तव्य राखेका थिए।

यतिखेर कास्कीको रास्वपा पोखराका विभिन्न वडा र गाउँपालिकामा संगठन निर्माणमा केन्द्रीत रहेको रास्वपा कास्कीका सचिव दीपेन्द्र पोखरेल बादशाहले बिगखबरलाई बताए। आगामी फागुन १० गते एकै दिनमा पोखरा वडा नं. ५ र २७ मा रास्वपाको वडा समिति गठनको स्थानिय भेलाको आयोजना गरिएको बादशाहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: