अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

229
0
Share:

काठमाडौँ । घरेलु टोली नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई १-० गोलले पराजित गरेको हो।

नेपालको जितमा विमला चौधरीले गरेको गोल नै निणार्यक बन्यो। खेलको १३ औँ मिनेटमा विमलाले सविता रानामगरको क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

यो नतिजासँगै नेपालले तीन अंक जोडेको छ। सोमबार नै सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-० ले हराएको थियो।

त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने  सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: