बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

Share:

पोखरा । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।

बडिगाड गाउँपालिक-७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय  बागलुङले जनाएको छ।

दुर्घटनामा निसीखोला गाउँपालिका-७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवका अनुसार उकालो सडकमा ब्याक भएर जिप दुर्घटना भएको हो।

दुर्घटनामा बडिगाड-९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते छन्। घाइते एकजनाको परिचय खुल्न बाँकी छ।

कमेन्ट गर्नुहोस्
Share: