
काठमाडौँ । प्रख्यात भाषाविद् चूडामणि गौतमको ८२ वर्षको उमेरमा हिजो काठमाडौंमा निधन भएको छ। नेपाली र अंग्रेजी भाषाका व्याकरणविद्का रूपमा ख्याति कमाएका गौतमले शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए।
उहाँका नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, र राम्रॊ अङ्ग्रेजी बोलचाल अभ्यास जस्ता पुस्तकहरू अत्यन्त चर्चित छन्।
तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम “गौतम ग्रामर” का रूपमा परिचित थिए। उहाँको अङ्ग्रेजी ग्रामर पुस्तक २०३७ सालमा प्रकाशित भएको थियो, जसलाई नेपालमा सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ।
कमेन्ट गर्नुहोस्
