
पोखरा। माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधबारदेखि जारी तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएका छन् ।
बिहीबार भएको महिला भलिबलतर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रेलाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको हो।
दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टरबिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ।
महिला भलिबलको फाइनल खेलमा बागलुङ र हिमशिखरले उपाधिका लागि भिडेन भएका छन्।
यता पुरुषतर्फ मादी गाउँपालिका र निस्सिखोलाबिच हुने भनिएको खेलमा मादी गाउँपालिका उपस्थित हुन नसकेपछि निस्सि खोलालाई आगामी यात्राको लागि आयोजकले विजय घोषण ग¥यो।
स्याङ्जा हरिनास र माछापुच्छ्रे गाउँपालिकाबिच भएको खेलमा पहिलो र अन्तिम दुई सेटलेपछि पर्दै हरिनासले सुखद यात्रा तय गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्वअर्थ मन्त्री रामजी बरालले खेलको महत्त्वमाथि प्रकाश पार्दै जित हारभन्दा पनि खेलमैदानमा प्रवेश गर्नु नै खेलाडीको विजय सुरुवात भएको बताए।
उनले विभिन्न जिल्ला बाट सहभागी खेलाडीहरूलाई पर्यटकीय क्षेत्र घम्पुसको सम्झना सबैमाझ प्रवाह गरिदिन अनुरोध गरे।
माछापुच्छ्रे गाउँपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गतेसम्म प्रतियोगिता चल्नेछ। पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागीता रहेको छ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुई टिमलाई ५०/५० हजार ट्रफी मेडल र प्रमाण पत्र रहेको छ। त्यसैगरी महिलातर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार ट्रफी मेडल र प्रमाण पत्र रहेको छ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरुस्कार प्रदान गरिने छ।
प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको छ।
