
पोखरा । पोखराको न्यूरोडमा आगलागी भएको छ। न्यूरोडस्थित कम्प्युटर र प्रिन्टर मर्मत गर्ने पसलमा आगलागी भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षतिको विवरण आइसकेको छैन। आगो निभाउन पोखरा महानगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीयहरू भेला भएका छन् भने, थप विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
