
पोखरा। बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखि सुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाईनल चरणका खेलहरु सम्पन्न भएका छन्। मंगलबार सम्पन्न चार खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलको यात्रा तय गरेका हुन्।
मिक्की एफ सी र आयोजक बेगनास युवा क्लव ‘पँहेलो’ विच भएको पहिलो खेलमा मिक्की एफ सी ले बेगनास युवा क्लव ‘पँहेलो’लाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
यस्तै, मंगलबार भएको दोश्रो खेलमा एन के क्लवले हिमाल एण्ड रक्षा मेमोरियल एशोसिएसनलाई १-० ले हरायो भने मत्स्य व्यवसायी समितिले एन डि कसमस जापानलाई ३-२ को अन्तरले पराजित गरेको छ। निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो।
मंगलबार सम्पन्न क्वार्टरफाईनल चरणको अन्तिम खेलमा विनोद मेमोरियलले आयोजक बेगनास क्लव निलो लाई ३–१ ले पराजित गर्दै सेमिफाईनलका लागी स्थान पक्का गरेको हो।
खेलको निर्धारित समयमा १-१ को बराबरीपछि ट्राईब्रेकरको आधारमा नतिजा निकालिएको हो। निकै तनावपुर्ण रुपमा सम्पन्न प्रतिष्पर्धामा विनोद मेमोरियलका राहुल गुरुङ र अमृत कुँवर र बेगनास निलोका अजय पाठक रेड कार्ड खाँदै मैदान बाहिरिएका थिए।
बुधबार हुने सेमिफाईनल अन्र्तगत पहिलो खेलमा विनोद मेमोरियल र मत्स्य व्यवसायी एवं दोश्रो खेलमा एन के क्लव र मत्स्य व्यवसायी समिति विच प्रतिष्पर्धा हुनेछ।
