फागुन २९ गतेदेखि ‘अञ्जिला’ फिल्म प्रदर्शनमा आउँदै, प्रचार/प्रसार पोखरामा

Share:

पोखरा। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ। मंगलबार पोखरा आइपुगेको ‘अन्जिला’ फिल्म निर्माता टिमले पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ देखि देशभर प्रदर्शनमा आउने बताएको छ।

फिल्म निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ फिल्मले जीवन केःहो भन्ने बुझाउने बताउँदै बच्चाहरुलाई समेत फिल्म देखाउन आवश्यक रहेको बताए। ‘अन्जिला’ चलचित्र एकपटक फिल्म हलमा पुगेर हेरिदिनुस्, यो फिल्म बच्चाहरुलाई लगेर देखाउनुस्, यसले जीवन केःहो भन्ने बुझाउँछ’, निर्देशक चाम्सले भने,‘यो चलचित्र एउटा चलचित्र मात्र नभएर प्रेरणाको स्रोत बन्न सक्छ भन्ने आशा लिएको छु’,यो चलचित्र सफल भए अन्य खेलाडीहरुको समेत बायोपिक बनाउँछु।’

निर्देशक चाम्सले कसैको बायोपिक बन्न बुढो हुनपर्छ परम्परा तोड्न पनि ‘अञ्जिला’ चलचित्र निर्माण गरेको दावी गरे।

चलचित्र पत्रकार संघ नेपाल, कास्की पत्रकारहरुको साझा संस्था हो !

चलचित्र अनि रंग क्षेत्रसँग सम्बन्धित विषयमा पत्रकारिता गरिरहेका पत्रकारहरुको साझा संस्था हो, चलचित्र पत्रकार संघ, नेपाल। चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखा २०६० साल असार २२ मा श्रीराम सिग्देलको नेतृत्वमा पोखरामा शुरु भएको हो।

कास्कीमा हालसम्म यो संस्थामा ५५ जनाभन्दा बढि आबद्ध भैसकेका छन्। चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरालाई केन्द्र बनाएर पुरै गण्डकी प्रदेशलाई नै समेट्ने गरि काम गरिरहेको छ।

संस्थाको दोस्रो कार्यकालमा शिव शर्मा ‘चञ्चल’ को नेतृत्व रह्यो। त्यस्तै तेस्रो कार्यकालमा संस्था रेम बिकको नेतृत्वमा अगाडि बढ्यो। चौथो कार्यकाल अरुण गिरीको नेतृत्वमा संस्था अगाडि बढ्यो। हाल संस्थालाई प्रभु अधिकारीले नेतृत्व गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: