जुत्ता व्यवसायी संघ कास्कीको साधारण सभा सम्पन्न

Share:

पोखरा। जुत्ता व्यवसायी संघ कास्कीको आठौं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका-८ का वडा अध्यक्ष रूद्रनाथ बरालले एउटा व्यवसायीक संस्थाले आफ्ना सदस्यहरुको हकहितको लागि राम्रो काम गरेकोमा बधाई दिँदै आगामी दिनमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनु भन्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघका सम्पुर्ण सदस्यहरुको सयोगले आफ्नो पहिलो वर्षको कार्यकाकालमा दुर्घटना बिमा,स्वाथ्य उपचरमा छुट,रक्तदान लगायत राम्रा कामहरु भएको बताउँदै अध्यक्ष श्रेष्ठले वर्षभरि गरेको उपलब्धिसहित संघको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाल माइक्रो इन्सुरेन्स पोखरा सभागृहका शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दुर्घटना बिमाको बारेमा व्यवसायीलाई जानकारी गराएका थिए। कार्यक्रममा संघका निर्वतमान अध्यक्ष संस्थापक अध्यक्ष संघका पुर्व अध्यक्ष एवम् सल्लाहकारहरु लगायतले बोलेका थिए।

पोखरा १८ मेथलाङमा भएको उक्त साधारणसभा कार्यक्रममा संघका सदस्यहरुवीच रमाइलो वनभोज कार्यक्रम समेत गरिएको थियो।

संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लिलाम्बर सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए भने संघका महासचिव मुक्तिप्रसाद पनेरुले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: