इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो

Share:

गाजा । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली वायु सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सख्या ४१३ पुगेको छ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी घाइते भएका छन् भने अझैपनि धेरै मानिसहरु भग्नावशेषमा फसेको र उनीहरुको उद्धारको प्रयास भइरहेको बताइएको छ।

इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेकोले आक्रमणहरू पुनः सुरु गरेको दावी गरेको छ।

इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले इजरायली सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: