
स्याङ्जा | राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जाको भीरकोटमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश प्रशिक्षण विभागको आयोजनामा शनिबार सम्पन्न सो प्रशिक्षण कार्यक्रममा स्याङ्जा जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो।
उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकमा, गण्डकी प्रदेश प्रशिक्षण विभागका प्रमुख, संस्कृतिविद् डा.तुलसी राम खनाल (प्रभास) थिए। भीरकोट-२ स्थित बयरघारीमा आयोजित सो प्रशिक्षणमा सभा समारोह संचालन वा सम्बोधनका लागि आवश्यक व्यवहारिक प्रशिक्षण दिइएको थियो। प्रमुख प्रशिक्षक खनालले कार्यक्रम संचालन विधी, अभिव्यक्ति कला, माईन्यूट लेखन र स्थानीय सरकार संचालन ऐन २०७४ लगायतका विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा गण्डकी प्रदेश संस्कृति तथा पर्यटन विभाग प्रमुख एवम् सञ्चारकर्मी महेश भण्डारीले साममजिक संजालको प्रयोग बिषयमा अनुभव र केन्द्रीय संगठन विभाग सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज श्री झबिलाल डुम्रेले रास्वपाको ‘एप्स’का बारेमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए।
गण्डकी प्रदेश प्रशिक्षण विभागका सदस्य श्री प्रकाश अर्यालले सहजीकरण गरेको सो कार्यक्रममा स्याङजाका सभापति रुक्मागत भण्डारी बिश्वास र भीरकोट नगर समितिका कार्यवाहक सभापति क्याप्टेन मिन बहादुर के.सी.ज्यूले शुभकामना मन्तव्य राखेका थिए।



