नारद लुइँटेल बने नेप्सेको सीईओ

Share:

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रमुख (सीईओ) पाएको छ ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नारद लुइँटेललाई नियुक्त गरेको एक मन्त्रीले बताए।

यसअघि नेप्सेको सीईओका लागि उनीसहित चूडामणि चापागाईँ, पूर्ण प्रसाद आचार्य,  बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका थिए।

उनीहरूको प्रस्तुतीकरणसँगै सिफारिस समितिको सिफारिसका आधारमा सरकारले नारदलाई सीईओ नियुक्त गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: