
काठमाडौँ । कुलमान घिसिङलाई हटाएकोमा रवि लामिछानेले फेसबुक लाइभमा आएर बत्ती निभाउदै मैन बत्ती बालेर सांकेतिक गर्दै विरोध गरेका छन्।
उनले घिसिङलाई हटाएको बिषयलाई लक्षित गर्दै १ मिनेट २२ सेकेन्डको फेसबुक लाइभमा बत्ती निभाउदै मैन बत्तीलाई सलाईले कोरेर जलाएका हुन्।
लामो समयपछि फेसबुक लाइभ आएका लामिछानेले कुनै पनि शब्द नबोली आफ्नो असन्तुष्टि प्रकट गरे। उनले कोठाको बत्ती निभाएर मैनबत्ती बाल्दै केही समय मौन बसे।
भिडियोको क्याप्सनमा लेखेका छन्- ‘कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् ।’ लामिछानेले कुनै टिप्पणी नगरे पनि उनको सन्देश भने स्पष्ट छ।
कमेन्ट गर्नुहोस्
