राजधानीमा सुरक्षा सतर्कता बढाइयो, समाजवादी मोर्चाको १ लाख बढी मानिसहरू उतार्ने दाबी

Share:

काठमाडौँ । राजधानीमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक-फरक प्रदर्शन गर्ने भएसँगै सुरक्षा सतर्कता बढाइएको छ। दिउँसोबाट काठमाडौँको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन्। दुवैले एक अर्काविरुद्ध प्रदर्शन गर्न लागेका छन्।

प्रहरीकाअनुसार अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ। त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ। आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन्

आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरू उतार्ने दाबी गरेको छ। आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: