
काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको छ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा सल्किन पुगेको छ।
करिब ३० मिनेट अगाडी दमकल आए पनि आगो नियन्त्रणमा नआएको उनले जानकारी दिइन्। सँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको उनले बताइन्।
कमेन्ट गर्नुहोस्
