
पोखरा । नेपाली कांग्रेस कास्कीका पुराना कार्याकर्ता तथा तत्कालिन माझठाना गाविसका समाजसेवी टिकाराम लामिछानेको ७८ वर्षको उमेरमा निधन भएको छ। पोखराको मणिपाल शिक्षण हस्पिटलमा उपचाररत लामिछानेको शनिबार बेलुकी साढे ५ बजे निधन भएको हो। आइतबार उनको मादी नदीमा दाहसंस्कार गरिएको छ।
२००३ सालमा पोखरा महानगरपालिका-२८ लामिछाने गाँउमा जन्मिएका लामिछाने राजनितीज्ञ तथा सामाजिक व्यक्तित्वका रुपमा चर्चित थिए। लामिछाने विगत केहि वर्षदेखि फोक्सो तथा पिसाव सम्वन्धी समस्याबाट ग्रसित थिए।
स्पष्ट वक्ता, कुशल सामाजिक व्यक्तित्व, उदार दिलका पर्याय लामिछाने विभिन्न समाजिक, राजनीतिक, धार्मिक तथा विकास निर्माण कार्यमा उदार दिलका साथ सदैव अग्रस्थानमा रहेर काम गर्थे। २०४२ मा तत्कालिन माझठाना गाँउ पन्चायतको उपप्रधानपन्च भईसकेका लामिछाने नेपाल रेडक्रस शोसाइटी माझठाना शाँखाको सभापति, माझठाना स्वाथ्य चौकीको अध्यक्ष, रत्नशोभा मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, साविक माझठाना गाविस नेपाली काग्रेसको सभापति, थाक खानेपानी उपभोक्त्ता समितिको सचिव,राखि मिजुरे सडक उपभोक्ता समितिको सचिव भएर काम गरिसकेका लामिछाने हाल नेपाली कांग्रेसको क्रियासील सदस्यको रुपमा थिए।
कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, पूर्व मन्त्री तथा कास्की कांग्रेस पूर्व सभापति यज्ञबहादुर थापा कास्की कांग्रेसका निर्वतमान सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि विकास गुरुङ, नेपाली कांग्रेस क्षेत्र नम्वर एकका सभापति राजेन्द्रमणि लामिछाने, नेपाली कांग्रेस क्षेत्र नम्वर एक प्रदेश ख का सभापति कृष्ण कोइराला, पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य श्रीकृष्ण लामिछाने, मादी गाँउपालिकाका अध्यक्ष देविजंग गुरुङ नेपाली कांग्रेस पोखरा-२८ का सभापति विश्वरमण अधिकारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य शिरोमणि बराल लगायतले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेका थिए।
