सांसद दीपक बोहराको निधन

Share:

सांसद दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए।

स्वकीय सचिव चन्दकाअनुसार उनको उपचारको क्रममा निधन भएको हो । दीपक बोहरा कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७)मा संक्रमित भएका थिए, जसको कारण उनले लामो समयदेखि पोष्ट कोभिड समस्याहरू भोगिरहेका थिए । संक्रमित भएसँगै उनका स्वरमा पनि परिवर्तन आएको थियो ।

पछि, उनी दिल्लीमा उपचारका लागि पुगेका थिए, जहाँ चिकित्सकहरूले उनलाई घाँटीको समस्याबारे जानकारी दिएका थिए । त्यसपछि, उनी न्यूयोर्कमा थप उपचारका लागि गएका थिए, र त्यहाँ स्पीच थेरापी गरिरहेका थिए । पोष्ट कोभिडका कारण उनका घाँटीमा क्यान्सरको समस्या उत्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: