
पोखरा। जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा बुधबारदेखि कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान २०८१/०८२ सुरु गरिएको छ। कास्की जिल्लामा लागुऔषध दुव्र्यसन, कारोबार ,वितरण र ओसार पसारलाई नियन्त्रण गर्न र समाजमा लागुऔषधविरुद्ध सचेतना बढाउने उद्देश्यले महाअभियान सुरु गरिएको हो। गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियान सुरु गरे।
पोखरा-९ पृथ्वीचोकबाट बाजागाजा, प्लेकार्डसहित सुरु गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्ना बाबुनानीले के गर्दै छन्रु कस्तो संगत गर्दै छन् ? भन्ने कुराको हेक्का राख्न अभिभावकसँग आग्रह गरे। उनले बालबालिकालाई माया। ममता, स्नेह तथा अपनत्व हुने गरी परिवारमै घुलमिल गराउन पनि सुझाव दिए।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, भरतमणि पाण्डेलगायतले लागुऔषध दुव्र्यसन र यसको निराकरणबारे आ-आफ्ना धारणा राखेका थिए।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले कास्की जिल्लामा लागुऔषधको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै महाअभियानमा विभिन्न शीर्षकका ४७ वटा गतिविधि समेटिएका र यसलाई ६ महिने महाअभियानको रुपमा लैजाने बताए।
