
पोखरा। नमुना आमा समुह पोखरा महानगरपालिका-६ बैदामको अध्यक्षमा सकुन्तला अधिकारी सर्वसम्मत चयन भइएकी छन्। संस्थाको बिहीबार सम्पन्न ९ औं अधिवेशन तथा १७औं साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
संस्थाको वरिष्ठ उपाध्यक्षमा मिरा अधिकारी, प्रथम उपाध्यक्षमा राधादेवी अधिकारी, द्वितीय उपाध्यक्ष भगवती कोइराला, तृतीय उपाध्यक्ष हिरादेवी तिमिल्सिना, सचिवमा अम्बिका आर्चाय पहारी, कोषाध्यक्षमा कलावती सापकोटा, सहसचिव पवित्रा कडेल र सहकोषाध्यक्ष मञ्जु अधिकारी चयन भए।
यसैगरी सदस्यहरूमा मञ्जु पहारी, धनुमाया रुकु बास्तोला, माया थापा, मायादेवी अधिकारी, दुर्गा अधिकारी, सिता गौतम, दुर्गा कोइराला, गोमा पहारी, पार्वती पहारी, चिनुमाया भण्डारी, हरिमाया पहारी, यशोदा कोइराला, हरिमाया पहारी, अम्बिका भण्डारी पहारी, सुजाता सुवेदी र प्रीति सापकोटा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक लिलाधर अधिकारीले जानकारी दिए।
निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ। निर्वाचनअघि भएको संस्थाको अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका उपमेयर मञ्जु देवी गुरुङले महिलाहरूको आफ्नो हक अधिकारीका लागि महिला सशक्तिकरण गरी अगाडि बढ्नुपर्ने बताइन्।
उनले भनिन्, “संसारमा सबैको मायामा केही न केही स्वार्थ लुकेको हुने हुदा आमाको मायाको मायामा विना स्वार्थ हुने हुदा समाजमा आमाहरूलाई सम्मान र इज्जत गर्नुपर्छ ।” महिला हरूले नेतृत्व गरेका संघ संस्थाहरू सफलता साथ सञ्चालन भइरहेको स्मरण गर्दै अब महिलाहरूले कुनै पनि संघ संस्थाहरुको नेतृत्व तहमा पुग्न आट गर्नु पर्ने बताइन्।
पश्चिमाञ्चल होटल संघ पोखराका सचिव पार्वती पाण्डेले पर्यटकीय क्षेत्र बैदाममा भइरहेको अवस्थित पार्किङस्थल व्यवस्थित गर्नु पर्नेमा सबैको साथ सहयोग आवश्यक रहेको बताइन्। रेवान पोखराका कार्यसमितिका सदस्य सुरेश न्यौपानेले पोखरामा रहेका ऐतिहासिक वस्तुहरूको प्रचार-प्रसारसहित संरक्षण, सम्र्वदन र प्रवर्द्धन गर्ने तर्फ लाग्न स्थानीय सरकारलाई आग्रह गरे।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले पर्यटकीय क्षेत्र बैदाममा लागु औषधि न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्नका लागि सबैको सहयोगको आवश्यकता रहेको औंल्याए।
लालुपाते टोलविकास संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार गोविन्दराज पहारीले समुहले समाजमा हुने गरेका महिला हिंसासहित विकृति विसङ्गतिलाई न्यूनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो गाँउ टोलमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको उल्लेख गरे।
सल्लाहकार तथा समाज सेवी गोमा ढकालले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाव दिइन्। पर्यटन व्यवसायी तथा सल्लाहकार निर्मला कडेलले समाजमा महिलाहरु हर्ने दृष्टि फरक रहेको हुदा महिला हिंसाका विरुद्ध पनि आवाज उठाउन उनले आग्रह गरिन्।
अध्यक्ष जुना अधिकारीले समुहले आफ्नो क्षेत्र भित्र फोहोर मैला व्यवस्थापन देखी कोभिड र डेङ्ग रोगको बारेका जनचेतनासहित प्रचा पम्प्लेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन्।नवनिर्वाचित अध्यक्ष सकुन्ता अधिकारीले आमाहरुको विचार भावनाहरु आदान-प्रदान गर्ने शसक्त माध्यम बन्दै, अग्रजहरुको राय सुझाव अनुसार अगाडि बढने प्रतिबद्धता व्यक्त गरिन्।
अध्यक्ष जुना अधिकारी अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सकुन्ताल अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव अम्बिका आचार्य पहारी, सल्लाहकार गिरिराज अधिकारी, खहरे आमा समुहका पूर्व अध्यक्ष मैया थापा र महिला संञ्जाल बैदामकी अध्यक्ष बविता मल्ल,माता ताल बाराही आरति सेवा समितिका अध्यक्ष ढाका बहादुर थापा र सस्थापक अध्यक्ष मिठु अधिकारी लगाएतका वक्ताहरुले संस्थाले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा सचिव अम्बिका आर्चाय पहारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाअध्यक्ष हिरादेवी तिमिल्सीना प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको थियो। संस्थालाई सहयोग गरेका सहगोग दातालाई सम्मान गरिएको थियो।
