
पोखरा । जुत्ता व्यवसायी संघ कास्कीले २०८२ को टेबुल क्यालेन्डर विमोचनसहित नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान गरेको छ। क्यालेन्डर विमोचन एवं शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको समस्या जस्तोसुकै परिस्थितिमा पनि आफु सहयोग गर्न तयार रहेको बताउँदै संस्थाले आफ्नो सदस्यहरुको हक र हितको लागी धेरै राम्रो काम गरिरहेकोमा बधाई दिँदै आगागी दिनहरुमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका थिए।
अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष सस्थापक अध्यक्ष संघका पुर्व अध्यक्षहरु,सल्लाहकारहरु लगायत विभिन्न वस्तुगत संघ सस्थाका प्रतिनिधिअरको उपस्थिति रहेको थियो।
कार्यक्रममा संघले व्यवसायीहरुलाई बिभिन्न बिधामा सम्मान गरेको थियो। कार्यक्रममा संघका कोषाध्यक्ष तथा संयोजक दिपक पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन संघका महासचिब मुक्तिप्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए।
