चितवनबाट घण्टी बजाएर सुरु भयो रास्वपाको ‘जनयात्रा’

Share:

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो।

पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर-१० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन्। उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन्।

आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो। तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन्।

लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए। यो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ-गाउँ र बस्ती-बस्तीमा पुग्ने उद्देश्यले हुन लागेको रास्वपाको भनाई छ।

 

कमेन्ट गर्नुहोस्
Share: