फेरी विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ, एक्यूआई २६२ पुग्यो

Share:

काठमाडौँ । मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ। आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो।

काठमाडौँको एक्यूआई २६२ रहेको छ। यसलाई निकै अस्वस्थ मानिन्छ। ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ। काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ। विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन्। हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ।

काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन्। त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: