पानी परेपछि काठमाडौँको वायु गुणस्तरमा सुधार, आज विश्वकै प्रदूषित सहरको १२ औं नम्बरमा

Share:

काठमाडौँ । पानी परेसँगै काठमाडौंको वायु गुणस्तरमा केही सुधार भएको छ । हिजो दिउँसोसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं आज बिहान १२ नम्बरमा झरेको छ । पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणस्तरमा केही सुधार भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार आज, भोलि र पर्सि पनि पानी पर्ने पूर्वानुमान भएकाले नेपालमा वायुको गुणस्तर आजको तुलनामा अझै सुधार हुने अनुमान गर्न सकिन्छ ।

विश्वभरका शहरहरुको वायुको गुणस्तर रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान सवा सात बजे काठमाडौंको वायु गुणस्तर सूचकांक ११९ छ।

विगतको तुलनामा केही सुधार देखिए पनि यो सूचकांकले संवेदनशील समूहका लागि काठमाडौंको हावा अझै पनि अस्वस्थ रहेको जनाउँछ ।

कमेन्ट गर्नुहोस्
Share: