
काठमाडौँ । काठमाडौँको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं अन्ततः पक्राउ परेका छन्।
राजावादी आन्दोलनका कमाण्डर उनलाई औपचारिक रुपमा बुधबार पक्राउ गरेर प्रहरीले हिरासतमा लिएको छ। अदालतले उनीमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको छ।
उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले चैत १५ मा काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो। जुन प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको प्रसाईंले दाबी गरेका थिए।
कमेन्ट गर्नुहोस्
