असिनापानीका कारण २५ जनाको मृत्यु

Share:

भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार  असिनापानीका कारण २५ जनाको मृत्यु भएको  बिहारको राज्य सरकारले जनाएको छ ।

बिहारका मुख्यमन्त्री नीतिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन् ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: