बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो

309
0
Share:

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको एउटा कार सिद्धार्थ राजमार्गमा खसेको पहिरोमा पुरिएको छ । तिनाउ गाउँपालिका-३ को बुटवल पाल्पा-सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले कार पुरिएको प्रहरीले जनाएको छ।

भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथिबाट आएको पहिरोका कारण पूर्णरुपले क्षति भएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ। कारमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ। बिहान पानी परेको बेला उक्त दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: