सुनको मूल्य ८६ हजार पुग्यो

Share:
gold

काठमाडौँ । आइतबार सुनको मूल्यले यसअघिको रेकर्ड ब्रेक गरेको छ । नेपाली बजारमा प्रतितोला १ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले आज गत शुक्रबारको रेकर्ड तोडेको हो ।

यससँगै सुनको मूल्य लगातार तीन कारोबार दिन नयाँ उचाईमा पुग्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर वृद्धि भईरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ-नयाँ किर्तिमान कायम गरेसँगै नेपाली बजारमा समेत सुनको मूल्य आकाशिएको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २३८ डलरमा कारोबार भईरहेको छ ।

आज नेपाली बजारमा चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: