नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा देखिएको पर्यटकीय राजधानी पोखराको लेकसाइड हेनुहोस् तस्बिरहरुमा

Share:

पोखरा। होटल सङ्घ पोखराले नयाँ वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरेको २०औँ फेवा नव वर्ष महोत्सवमा पोखराको लेकसाइडमा नेपाली तथा विदेशी पर्यटकहरू झुमेका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको सो महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुतिहरु बाजा, भजन र रत्यौलीका कार्यक्रमहरु समेत रहेका छन्।

पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिएको सो महोत्सवमा निःशुल्क प्रवेश देखि पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहेको छ।

नयाँ वर्षमा पोखरा आउने पर्यटकका लागि होटलले आफ्नो दररेटमा २० प्रतिशत छुटको सुविधा समेत रहेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: