
पोखरा । पोखरा महानगरपालिका-३ नदीपुरमा ५० लाख लगानी ‘कानुङ क्याफे एण्ड कफी सप’ सञ्चालनमा आएको छ। पोखरा- ३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नवीन आले मगरले नव वर्षको अवसर पारेर सोमबारदेखि क्याफे सञ्चालनमा ल्याएका हुन्।
तुलसीदेवी आले र लालबहादुर आलेमगरले क्याफे सुरुआत गरे। क्याफेमा नयाँवर्ष तथा उद्घाटन अफर अन्तर्गत १५ गतेसम्म कफी तथा हरेक परिकारमा १० प्रतिशत छुट प्रदान गरिने सञ्चालक आलेमगरले बताए।
स्वदेशमै स्वरोजगारको सिर्जना गर्न र पारिवारिकमैत्री सेवा दिने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको उनले सुनाए। यहाँ अहिले ७ जना कर्मचारी छन्। ‘अहिले युवा देश छाडेर विदेश पलायन हुने अवस्था छ। तर मैले यही केही गर्नुपर्छ भनेर क्याफे सञ्चालनमा ल्याएको हुँ,’ उनले भने।
उनले मगर जातिको भाषा तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित मगर भाषामा क्याफेको नामाकरण गरिएको बताए। ‘मगर भाषामा ‘कानुङ’ भन्नाले नेपालीमा ‘हाम्रो’ भन्ने अर्थ लाग्छ।
