गल्छिनामा बाइक ठोक्किँदा एकजनाको मृत्यु

Share:

तनहुँको शुक्लागण्डकी-४ गल्छिनामा दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी-३ कवासेका करिव १९ वर्षका रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए।

दुलेगौंडाबाट खैरेनीटारतर्फ जाँदै गरेको लु १४ प २२४७ नंं. को पल्सर मोटरसाइकल र खैरेनीटारबाट दुलेगौंडा आउँदै गरेको लु प्र ०१००१ प ५६६८ नंं. को भीआर मोटरसाइकल एक आपसमा बुधवार साँझ ठक्कर खाएको हो।

भीआर मोटरसाइकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पल्सर मोटरसाईकलका चालक शुक्लागण्डकी-४ का २० वर्षिय सुशान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन्। उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था गम्भिर रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: