पोखरा एयरपोर्टलाई बदनाम नगरौं: मेयर धनराज आचार्य

Share:

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सत्य, तथ्य र प्रमाणीकरण नभएको कुनै पनि तथ्यांकका आधारमा एयरपोर्टलाई बदनाम नगर्न आग्रह गरेका छन्।

पोखरा विमानस्थलको अनियमितताका बारेमा छानबिन गर्न गठित सार्वजनिक लेखा समितिमातहतको उपसमितिको प्रतिवेदन सार्वजनिक भएपछि आएका समाचारहरुका बारेमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यस्तो आग्रह गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको योजना हो। ४०% रकमले परियोजना बन्यो र ६०% अनियमित भएको भनिएको छ के यो सम्भव होला ? सत्य, तथ्य र प्रमाणीकरण नभएको कुनै पनि तथ्यांकका आधारमा एयरपोर्टलाई बदनाम नगरौं। सम्वन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक नहुन्जेलसम्म पब्लिक कन्जब्सन र मिडिया ट्रायल गरेर अनुमानको भरमा निष्कर्ष निकाल्ने कार्य अनुचित हुन्छ। अनियमितता भएको हो भने छानबिन होस्, जो सुकै दोषी ठहरिन्छ, कानुनी कठघरामा उभ्याइयोस् – कार्वाहीमा कुनै कसर नराखौं। कारबाहीको प्रक्रिया सँगसँगै, अन्तर्राष्ट्रिय उडान नियमित गर्न सबैको ध्यान केन्द्रित गरौं। विवाद होइन, सफलता र सम्भावनाको केन्द्र बनाऔं हाम्रो पोखरा विमानस्थललाई।’

कमेन्ट गर्नुहोस्
Share: