कास्कीका ८० जना पत्रकारलाई अदालती रिपोर्टिङ तालिम

Share:

पोखरा । नेपाल पत्रकार महासंघ कास्की आयोजनामा अदालती रिपोर्टिङसम्बन्धी तालिम सम्पन्न भएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहयोगमा २ दिनसम्म चलेको तालिममा करिब ८० जना पत्रकारले भाग लिएका थिए।

प्रमुख प्रशिक्षकमा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष शिव गाउँले थिए। अनलाइनखबरका प्रधानसम्पादकसमेत रहेका गाउँलेले अदालतमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए।

शनिबार नै कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका प्रक्रिया बताए। पहिलो दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइँकेल र गण्डकी प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिएका थिए।

पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङमा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए। प्रशिक्षार्थीतर्फबाट तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । कार्यक्रममा स्वागत माधव रेग्मी र संचालन भूपाल गुरुङले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: