पूर्णबहादुर तामाङ भन्छन्- अब बर्खास्त हुने पालो ओलीको

442
0
Share:

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बर्खास्तीको पालो आउने बताएका छन्।

ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीबाट बुधबार हटाइएपछि उनले अब प्रधानमन्त्री ओलीको बर्खास्तीको पालो आउने बताएका हुन्।

‘अब हामी केपी ओलीलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्नेतर्फ लाग्छौँ। उहाँले पनि जीवनभर प्रधानमन्त्री खाने होइन,’ नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका तामाङले भने, ‘मलाईं उहाँले जसरी बर्खास्त गर्नुभयो, अब बर्खास्त हुने पालो उहाँको हो। यो अभियानमा लाग्छु।’

पदबाट बर्खास्त गरिनुअघि उनलाई गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आग्रह गरेका थिए । तर, उनले प्रधनमन्त्री ओलीले भन्दैमा राजीनामा नदिने अडान राखेका थिए।

ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त

कमेन्ट गर्नुहोस्
Share: