शिक्षामन्त्रीमा नियुक्त भएका रघुजी पन्तको शपथ आज

Share:

काठमाडौँ। शिक्षामन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता रघुजी पन्तले आज शपथ ग्रहण लिने भएका छन् । उनले आज ४ बजे शपथ ग्रहण लिने  जनाएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त भएपछि उनलाई राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै शिक्षामन्त्रीमा नियुक्त गरेको जनाएको थियो।

मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन्। गत वैशाख ८ गते विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री पद खाली थियो।

शिक्षक आन्दोलनको दबाबका बीचमा भट्टराईले राजीनामा दिएको २ दिनमा प्रधानमन्त्री ओलीले पन्तलाई मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: