प्रधानमन्त्रीको राजीनामा माग्दै मलेसियामा हजारौं प्रदर्शनकारी सडकमा

Share:

एजेन्सी क्वालालम्पुर, भदौ १३ / मलेसीयाली प्रधानमन्त्री नजीव रजाकको राजीनामा माग्दै आइतबार पनि हजारौं सर्वसाधारण राजधानी क्वालालम्पुरका सडकमा निस्सकिएका छन्।

अज्ञात दाताबाट प्रधानमन्त्री रज्जाकको बैंक खातामा ७० अर्ब भन्दा बढी नेपाली रुपैंयाबराबरको रकम जम्मा गरिदिएपछि सर्वसाधारण आक्रोशित भएका हुन्। तर प्रधानमन्त्रीले भने आफूले केही गलत नगरेको र प्रदर्शनका कारण मलेसीयाको छविमा असर परेको बताएका छन्।

शनिबार पनि हज्जारौ सर्वसाधारण सडकमा उत्रिएका थिए। शनीबार साँझ र्‍याली केही सानो देखिएको थियो तर पनि अधिकांश मानिस दोस्रो दिनको प्रदर्शनका लागि आफूलाई तयार राख्दै सडकमै सुतेका थिए।

मलेसीयाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद सबैलाई आश्चर्यमा पार्दै शनीबार साँझ र्‍यालीमा सहभागी भएका थिए। उनले प्रदर्शन जारी राख्न आव्हान गरे। साथै प्रधानमन्त्री रजाकलाई पनि राजीनामा गर्न सुझाए।

कमेन्ट गर्नुहोस्
Share: