
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ। शिक्षा मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताएका छन्।
ती सदस्यका अनुसार मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताएका छन्।
मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो।
कमेन्ट गर्नुहोस्
