
माधब भुसाल पोखरा, १३ भदौ । शुक्रबारदेखि पोखरामा शुरु भएको तीन दिने विशेष जाईजात्रे कार्यक्रम आइतबार सम्पन्न भएको छ । हाँस्य सिरियल हाक्का हाक्कीका कलाकारहरुले तीन दिनसम्म पोखरेलीलाई हासाएका थिए । गाईजात्राको अवसर पारेर राष्ट्रियस्तरका कलाकारहरुले पोखरामा पहिलोपटक गाइजात्रा गरेका हुन् ।
ईरोज ईन्टरटेनमेन्टको आयोजनामा पोखराको सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा भएको गाईजात्रे कार्यक्रमलाई पोखरेली दर्शकले उत्साहाजनक रुपमा साथ दिएको आायोजकको दाबि छ ।
‘दर्शकहरुले हाम्रो कार्यक्रमलाइ सफल पार्नुभएको छ’हाक्का हाक्की गाईजात्रे कार्यक्रमका सँयोजक राम थापा भन्छन्’ हाँस्य प्रहसनसँगै प्यारोडी गीत, नृत्य, हाँस्य कविता, लोकदोहोरी, जादु दर्शकले एकैठाऊँमा हेर्न पाउँदा पोख्रलीहरु खुसी देखिन्थे ।’
दर्शकलाई हाँस्य कलाकारहरु दमन रुपाखेती, खेम शर्मा, कविता शर्मा, कमला अर्याल, राम थापा, उमेशकुमार केसी, मणिराज काफ्ले, प्रदिप सिलवाल, अजय रेग्मी, सुदिपबाबु खतिवडा, कुशलभ केसी लगाएतले दर्शकलाइ भरपुर मनोरञ्जन दिए ।
हर्के हवल्दारको नामले चर्चित कलाकार विष्णु सापकोटाले पनि आफ्नो प्रस्तुती राखेका थिए । कलाकार राजन चौलागाईंको व्यंग्य कविता, जादुगर महादेव त्रिपाठीको जादुसमेत प्रस्तुत गरेका थिए ।
