पशुपति क्षेत्र विकास कोषभित्र जुवाको खाल

214
0
Share:

काठमाडौं महानगरपालिका-८ जयवागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषको पाले सुत्ने घरमा जुवातास खेलिरहेका सातजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका-८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको वेशीखोला गाउँपालिका-१ घर भएका ५४ वर्षका रेशम सिजाली रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई १ लाख ७ हजार ९१५ रूपैयाँसहित नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद र ४ बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौं महानगरपालिका २९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ३ बस्ने दोलखा भीमेश्वर नगरपालिका-७ घर भएका ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई २ लाख ५७ हजार ४०० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरिएको छ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: