
पोखरा । पोखरा महानगरपालिक-१ सिम्पानीमा स्थापना भएको असल छिमेकी नेपाल संस्थाले शुक्रबार वार्षिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले उद्घाटन गर्दै असल छिमेकी संस्थाले नाम अनुसारको काम गरेको बताए ।
कार्यक्रममा पोख्रेली ख्रिष्टिय समुदायका अध्यक्ष राम प्रसाद शर्माले कुनै पनि संस्थाले सामाजिक काम गर्दा समाजमा पछि पारिएका तथा परेको समुदायलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने जानकारी दिए ।
सामाजिक लेखा परिक्षक निकिता कोइरालाले सहजीकरण गर्दै विभिन्न परियोजनाहरु मार्फत गरिएको कामहरुको बारेमा स्थलगत रुपमा पुगेर लाभग्राहीहरु संग प्रत्यक्ष भेटेर लिइएको प्रतिक्रियाहरुको समिक्षा गरेकी थिइन् ।
जाजरकोटका नलगाड, रुकुम आठबिस कोट, नवलपरासी पुर्व र पश्चिमका पहालीनन्दन, सरावल, बुलिङटार, रौतहटको राजदेवी, म्याग्दीको बेनी, पोखरा भित्रका वडाहरु, तनहुँको बन्दिपुर, धादिङ लगायतका स्थानीय निकायहरुमा आफ्ना परियोजना संचालन गरिरहेको अध्यक्ष मुक्तिनाथ ढकालले बताए।
कार्यक्रममा विभिन्न जिल्लाका जनप्रतिनिधिहरु, सरकारी संस्थाका प्रतिनिधिहरु, प्रहरी कार्यालयका प्रतिनिधिहरु, विभिन्न गैरसहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सेवाग्राहीहरुले संस्थाले निकै राम्रो काम गरेको बताउँदै गरिरहेका कामहरुलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
असल छिमेकी नेपालका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश घर्तीले र संचालन सचिव तिलबहादुर गिरीले गरेका थिए।
