पोखराको कलम सहकारीको वित्तीय प्रशिक्षण कार्यक्रम शनिबार सकियो

Share:

पोखरा । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका-९ पालिखेचोकको आयोजना भएको सहकारी शिक्षा तथा वित्तीय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा तालिमले धेरै राहत पुर्याउने बताउँदै सदस्यहरुलाई सहकारीबारे पूर्ण जानकारी हुने कलम बचत तथा ऋण सहकारी संस्था पोखरामा रहेका सहकारीमध्ये राम्रा भनेर चिनिने सहकारीहरुमध्येमा उत्कृष्ट सहकारी रहेको बताउँदै तिवारीले काठमाडौँपछि पोखरामा सहकारीका समस्या धेरै भएको र यी समस्या समाधान गर्न सहकारी संघ लागि परेको बताए।

यस्तै, सहकारीका अध्यक्ष मनोहरि सापकोटाले सहकारीको मुल्य, मान्यताअनुसार कलम सहकारी चलेको बताउँदै सहकारीलाई अहिले थप व्यवस्थित रुपले सञ्चालन गरिएको जानकारी दिए। कार्यक्रममा सहकारीका पुर्वअध्यक्ष तथा सल्हाकार अर्जुन पोखरेलले कलम सहकारीले प्रगति गरेकोमा खुशी प्रकट गर्दे आगामी दिनमा अझ प्रगति गर्दै जाओस् भन्दै शुभकामना दिएका थिए।

सहकारकिा सल्लाहकार ज्ञानबहादुर कार्कीले आफु यस संस्थामा स्थापना कालदेखि नै आवद्ध भएको बताउँदै कलम सहकारीप्रति पोखराका मात्र नभएर कास्की जिल्लाका जनताको विश्वास रहेको सुनाए। कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष गोविन्द गौतम जिल्ला सहकारी संघका लेखा समिति संयोजक तथा लेखा परिक्षक रुद्धनाथ पौडेल कार्यक्रमका प्रशिक्षक तथा पोखरा महानगर सहकारी समितिका सदस्य तथा सहकारी विज्ञ नारायण आचार्य लगाएतले बोलका थिए।

कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमेशराज वरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने सहकारीका शिक्षा समिति सदस्य रामचन्द्र पौडेलले सहकारीका सात सिद्वान्त वाचन गरेका थिए भने व्यवस्थापक सन्तोष लामिछानेले सहकारीको हालसम्मको वित्तीय अवस्थाको बारेमा जानकारी गराएका थिए। कार्यक्रम सहकारीका सचिव लाल प्रसाद पाठकले सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: