
पोखरा । पोखराकी शान्ति श्रेष्ठ उदासले अन्र्तराष्ट्रिय अर्वाड पाउन सफल भएकी छिन्। सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो। फोरमले विश्वका विभिन्न देशका उद्यमी एवम समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ। उदाससँगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन्।
उदास पोखराको नदीपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिबृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा विभिन्न सीपमुलक तालिमहरु पश्चात् उत्पादित स्थानीय उत्पादनहरुको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत रहेका छन्।
नेवा मिसा पुचका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगत महिला उद्यमी विकास समितिको केन्द्रिय कार्यसमितीमा रहेर काम गरि सामाजिक योगदान दिएका छन्। उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पुर्वडाइरेक्टर, आल्मोण्डस क्याफेका संचालक रहेका छन्।
