
पोखरा । गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) की सांसद दमयन्ती रुचाल निर्वाचित भएकी छन्।
प्रदेश सभा सचिवालयले बिहीबार सभापतिका लागि उम्मेदवारी दर्ताको आह्वान गरेकोमा रुचालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति चयन भएकी हुन्।
उनी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)की रुचाल समानुपातिक सांसद हुन् ।
एक वर्षदेखि रिक्त रहेको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा रुचालको नियुक्तिसँगै समिति नेतृत्व पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
