विपन्न विद्यार्थीका लागि पोखरा- १० को एक लाख रुपैयाँ बराबरको शैक्षिक सहयोग

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री शुक्रबार हस्तान्तरण गरेको छ।

वडाध्यक्ष राजेश गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्टेशनरी लगायतका सामग्री विद्यालयलाई प्रदान गरिएको हो। गुरुङले विद्यार्थीलाई पढाइमा थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले वडा कार्यालयप्रति आभार व्यक्त गर्दै सामग्री लक्षित विद्यार्थीसम्म छिट्टै पुर्‍याउने बताए।

कार्यक्रममा वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर थापाले गरेका थिए भने सञ्चालन शिक्षक विजय सापकोटाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: