फेवा तालमा दुई प्याराग्लाइडिङ खस्यो, सशस्त्र प्रहरीले ४ जनाको सकुशल उद्धार गर्‍यो

Share:

पोखरा । पोखरामा ल्याण्डिङका क्रममा दुई वटा प्याराग्लाइडिङ फेवा तालमा खस्दा चार जना फसेका यात्रुहरूलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका-१८ तोरेपानीबाट उडेका दुई वटा प्याराग्लाइडिङ ल्यान्ड गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेका थिए।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोलीले आज दिउँसो करिब ३ बजे उनीहरूलाई सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरूमा भारतको बनारसका ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दन कुमार पटेल, साथै अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेका छन्। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार चारै जनाको अवस्था सामान्य रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: