सुनमा कर र हिरामा भ्याट खारेजको माग गर्दै पोखराका सुनचाँदी व्यवसायीहरु विरोध प्रदर्शनमा

Share:

पोखरा । सुनमा लगाइएको विलासिता कर र हिरामा लागू गरिएको भ्याट खारेज गर्नुपर्ने मागसहित पोखराका सुनचाँदी व्यवसायी बिहीबार आन्दोलनमा उत्रिएका छन्।व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि नाराबाजी गर्दै सरकारको कर नीतिको विरोध जनाएका छन्। हाल सरकारले सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा(पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)  लगाउने निर्णय गरेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले करको यो संरचना अव्यवहारिक रहेको र उपभोक्ताको हित विपरित भएको बताए। उनका अनुसार सुनचाँदी गहनालाई विलासिता वस्तुमा वर्गीकरण गर्नु व्यवसाय र उपभोक्ता दुवैको लागि अन्यायपूर्ण निर्णय हो।

व्यवसायीहरूले सुनचाँदी कारोबारका लागि स्पष्ट, व्यवसायीमैत्री र उपभोक्तामुखी नीति, नियमावली तथा निर्देशिका निर्माणको माग समेत गरेका छन्। महासंघका अनुसार हाल देशभरका व्यवसायी आन्दोलित छन् र सरकारले माग सम्बोधन नगरेमा असार २९ र ३० गते देशभर सुनचाँदी पसल बन्द गर्ने निर्णय गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: