
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट आयात हुने मूल्य बढेसँगै निगमले आज रातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।
समायोजनअनुसार, पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गका उपभोक्ताहरूका लागि प्रतिलिटर १५७।५० रुपैयाँ, दोस्रो वर्गका लागि १५९ रुपैयाँ, र तेस्रो वर्गका लागि १६० रुपैयाँ निर्धारण गरिएको छ।
निगमले मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावका कारण गरिएको जनाएको छ।
कमेन्ट गर्नुहोस्

