देशको सबैभन्दा गद्दार एमाले हो : सांसद अमरेश सिंह

Share:

काठमाडौं । प्रतिनिधिसभामा सांसद महेश बर्तौलाले आपत्ति जनाएपछि स्वतन्त्र सांसद डा. अमर सिंहको अभिव्यक्तिलाई लिएर संसदमा तनाव उत्पन्न भएको छ। बर्तौलाको आपत्तिपछि सत्तापक्षका अन्य सांसदहरू पनि उठेर विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउने निर्देशन दिए, जसले विवादलाई थप चर्कायो।

सभामुखको निर्देशनप्रति असहमति जनाउँदै सांसद सिंहले भने, “तपाईंले दलीय हिसाबले निर्देशन दिनुभयो, हामी त्यसलाई मान्दैनौं। बजेट निर्माणका क्रममा सबै जिल्लामा समान रूपले बजेट किन विनियोजन गरिएन? सभामुख संसदको हो, कुनै एक दलको होइन। तपाईंलाई सभामुख किन मान्ने? तपाईं त एमालेको कार्यकर्ता जस्तो हुनुहुन्छ।”

सिंहले बजेट वितरणमा असमानता भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले एमाले सांसदहरूलाई ‘गद्दार’ को संज्ञा दिँदै, आफू मन्त्री नहुँदा पनि मन्त्री पदमा रहेका व्यक्तिहरूले चरम भ्रष्टाचार गरी देशलाई २० वर्षमा कंगाल बनाएको आरोप लगाए।

सभामुख र सत्तापक्षका सांसदहरूलाई लक्षित गर्दै सांसद सिंहले आपत्तिजनक टिप्पणीहरू दिन थालेपछि सभामुख घिमिरेले हस्तक्षेप गर्दै निर्धारित विषयमा मात्र बोल्न नियमावलीअनुसार निर्देशन दिए। सभामुखले भने, “चार-पाँच जिल्लामा सम्पूर्ण बजेट छुट्याउने अनि अरूलाई बोल्न नदिने? स्वतन्त्र सांसदलाई मात्र रुलिङ दिने? सबै सांसद बराबर हुन्, सबैलाई एउटै मापदण्ड लागु हुनुपर्छ।”

सांसद सिंहले सानो दलका सांसदहरू र स्वतन्त्र जनप्रतिनिधिलाई बोल्न नदिने प्रवृत्तिको विरोध गर्दै जनताले आफूलाई यस्ता अन्याय र असमानताविरुद्ध लड्नकै लागि निर्वाचित गरेको बताएका थिए।

सभामुखले रोष्ट्रम छाड्न निर्देशन दिए पनि सिंहले आफूलाई दिएको सात मिनेटको समय नसकुन्जेल रोष्ट्रम नछाड्ने अडान लिएका थिए। उनले त्यसपछि पनि विभिन्न विषयमा धारणा राख्न जारी राखे।

कमेन्ट गर्नुहोस्
Share: